टी–२० नेत्रहीन विश्वकपका लागि १५ खेलाडीको घोषणा

काठमाण्डौ – अर्को महिना हुने चौथो टी–२० नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगिताको लागि नेपाली खेलाडीहरुको अन्तिम नामावली सार्वजनिक भएको छ । यही नोभेम्बर २२ देखि डिसेम्बर ३ अर्थात मङ्सिर ७ देखि १८ गतेसम्म पाकिस्तानमा हुने विश्वकपका लागि रमेशबहादुर बानियाँको कप्तानीमा १५ जना खेलाडी छनोट भएका नेत्रहीन क्रिकेट सङ्घ नेपालले जनाएको छ । यही कात्तिक ४ र ५ गते मनमैजु, तार्केश्वर नगरपालिकामा रहेको  एन्जल्स स्पोर्ट्स एकेडेमीमा १९ जना दृष्टिविहीन क्रिकेट खेलाडीमध्येबाट अन्तिम १५ खेलाडी छनोट भएका हुन् । यसअघि गएको...

Source : https://ujyaaloonline.com/story/108142/2024/10/25/15-players-announced-for-t20-blind-world-cup-