डेङ्गी संक्रमण पुष्टि हुनेको सङ्ख्या २७ हजार नाघ्यो

काठमाण्डौ – देशका ७६ जिल्लामा फैलिएको डेङ्गी संक्रमितको सङ्ख्या २७ हजार जना नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्याङ्कअनुसार देशभर गरी २७ हजार एक सय ५३ जनामा डेङ्गी पुष्टि भएको हो । डेङ्गीबाट ११ जनाको ज्यान गइसकेको छ । ७६ जिल्ला मध्ये सबैभन्दा धेरै कास्कीमा सात हजार ८० जना र काठमाण्डौमा चार हजार ६० जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा एक हजार ५७  र भक्तपुरमा छ सय २८ जना गरी काठमाण्डौ उपत्यकामा पाँच हजार सात सय ४५ जनामा संक्रमण पुष्टि भएको छ । यो विवरण जनवरी १ अर्थात् गएको पु...

Source : https://ujyaaloonline.com/story/108196/2024/10/26/number-confirmed-dengue-infections-exceeded-27k