तिहारको लागि तोकिएको ‘एक्टर’ को प्रदर्शन मिति सर्यो

काठमाडौं– प्रदीप खड्का मुख्य भुमिकामा रहेको फिल्म ‘एक्टर’को पूर्वनिर्धारित प्रदर्शन स्थगित भएको छ । कात्तिक १५ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म तोकिएको समयमा प्रदर्शनमा नआउने निर्माताले बिहिबार विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।

मानवीय र प्राविधिक कारणले निर्धारित मितिमा फिल्म प्रदर्शन हुन नसक्ने देखिएको निर्माताले जनाएका छन् । वितरक, पोस्ट प्रोडक्सन र अन्य नेपाली फिल्मको प्रदर्शनलाई समेत दृष्टिगत गर्दै प्रदर्शन सारिएको अदृत फिल्म्स र मोती फिल्म्सले जनाएको हो । यो फिल्म अब माघ १६ गते प्रदर्शन हुने भएको छ ।

राजन भुषालले निर्देशन गरेका फिल्ममा प्रदीपसहित आना शर्मा, दिब्या रायमाझी, राजवल्लभ कोइरालाको अभिनय छ ।

Source : https://onlinetvnepal.com/2024/10/184861/



Related Posts