थप्रेक दौड प्रतियोगितामा मगर प्रथम

दमौली। यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा आज आयोजित दौड प्रतियोगितामा पोखराका गिरु मगर प्रथम भएका छन्। दसैंको अवसरमा तमु हरियाली क्लबले आयोजना गरेको प्रतियोगितामा निर्धारित आठ किलोमिटर दूरी ३४ मिनेट ११ सेकेण्डमा पार गर्दै मगरले उपाधि जितेका हुन्। उक्त दूरी ३७ मिनेट १८ सेकेण्डमा पार गर्दै स्थानीय अनमोल गुरुङ द्वितीय र ३८ मिनेट १८ सेकेण्डमा पार […]

Source : https://www.dcnepal.com/2024/10/605928/