थाउँलो वर्ल्ड कपमा भाग लिने नेपाली उसु खेलाडीको बिदाई

काठमाण्डौ – तेस्रो थाउँलो वर्ल्डकप २०२४ मा भाग लिन जापान जान लागेको नेपाली उसु खेलाडीको टोलीलाई बागमती प्रदेश सरकारले बिदाई गरेको छ । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले टोलीलाई शुभकामना दिँदै बिदाई गर्नुभएको हो । टोकियोमा रहेको योकोहा शहरमा भोलिदेखि १२ गते सम्म हुने प्रतियोगितामा भाग लिन नेपाली टोलीमा दीपक हमाल, विजय सिंजाली, निमा घर्ती मगर, पासाङ शेर्पा र राजिव तामाङ  छन् । नेपाल उसु महासंघका महासचिव ल्हाक्पा छिरिङ लामाको नेतृत्वमा रहेको टोलीको प्रशिक्षकमा निकेश श्रेष्ठ छन् । ...

Source : https://ujyaaloonline.com/story/108064/2024/10/22/farewell-nepali-usu-players-world-cup-thaonlo