दिल्लीबाट काठमाडौँ आएको जहाजमा बम रहेको हल्ला, नेपाली सेनाको टोलीले चेकजाँच गर्दै 

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको भिष्टारा एयरवेजको जहाजमा बम राखेको हल्ला फैलिएको छ । मंगलबार साँझ भारतको नयाँ दिल्लीबाट काठमाडौँ आएको उक्त जहाजमा बम राखेको हल्ला फैलिएको हो । 

जहाजमा बम राखिएको हल्ला फैलिएपछि हाल नेपाली सेनाको टोलीले जहाजमा ‘सर्च अपरेशन’ सुरु गरेको छ । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका एक कर्मचारीका अनुसार हाल जहाजमा सवार सबै यात्रुलाई जहाजबाहिर निकालेर नेपाली सेनाको टोलीले सर्च गरिरहेको छ । 

भिष्टाराको उडान नम्बर यूके १५५ नम्बरको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि जहाजमा बम राखेको हल्ला फैलिएको थियो । जहाजमा बम राखिएको भन्ने हल्ला दिल्लीबाटै आएको बताइएको छ । एयरपोर्टमा अन्य जहाजबाट हुने उडान तथा अवतरण भने भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

Source : https://arthasarokar.com/2024/10/bomb-14.html



Related Posts