देवघाट गाउँपालिकाले बोटे, दलित, चेपाङ, ब्रामु समुदायको निःशुल्क स्वास्थ्य बीमा गर्ने

तनहुँ – तनहुँको देवघाट गाउँपालिकाले बोटे, दलित, चेपाङ, ब्रामु समुदायको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । अल्पसङ्ख्यक तथा विपन्न समुदायलाई बीमामा समेट्ने उद्देश्यले निःशुल्क स्वास्थ्य बीमा गर्न लागिएको गाउँपालिकाले जनाएको छ । देवघाट पालिकाका पाँच वटै वडामा बसोबास गर्ने सीमान्तकृत बोटे र चेपाङसहित दलित र ब्रामु समुदायका बासिन्दाको निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिने गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिनुभयो । निःशुल्क स्वास्थ्य बीमाका लागि पालिकाले चालू आर्थिक वर्षमा ११ लाख रुपैयाँ विनियोजन गरे...

Source : https://ujyaaloonline.com/story/108045/2024/10/22/devghat-will-provide-free-health-insurance-to-poor