नामिबियाका कप्तान एरास्मसले काठमाण्डौ गुर्खाजबाट एनपीएल खेल्ने

काठमाण्डौ – नामिबियाको क्रिकेट टोलीका कप्तान जेहार्ड एरास्मसले काठमाण्डौ गुर्खाजबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । काठमाण्डौले दोस्रो विदेशी खेलाडीका रुपमा अलराउन्डर एरास्मसलाई टोलीमा अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जनाएको छ । यसअघि काठमाण्डौले विदेशी खेलाडीका रुपमा नेदरल्यान्ड्सका ब्याटर माइकल लेभिटलाई अनुबन्ध गरेको थियो । एरास्मसले नामिबियाका लागि ५२ एकदिवसीय तथा ६५ टी–२० खेल खेलेका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा आउँदो मङ्सिर १६ देखि पुस ६ गतेसम्म हुने एनपीएलमा ८ टोलीले ...

Source : https://ujyaaloonline.com/story/108186/2024/10/26/namibian-captain-erasmus-will-play-npl-ktm-gurkhas