नारी आत्मरक्षाको लागि ऐश्वर्याको अपिल

मुम्बई । अभिनेत्री ऐश्वर्या राय बच्चनले नारीहरु आत्मरक्षामा आफैं उत्रनु पर्ने बताएकी छिन् । उनले एउटा भिडियो सार्वजनिक गर्दै यस्तो अभिव्यक्ति दिएकी हुन् ।

यो भिडियोमा अभिनेत्री ऐश्वर्या रायले नारी शोषण विरुद्ध आवाज उठाएकी छिन् । उनले सडकमा हुने महिला शोषणको विरुद्ध यो भिडियोमा आवाज उठाउँदै आएको देख्न सकिन्छ । यस भिडियोमा ऐश्वर्याले सडक उत्पीडनबाट कसरी बच्ने भनेर बताएकी छिन् ।

सडकमा नारीहरुलाई जिस्क्याएको अबस्थामा कत्ति पनि बिचलित नभई शिर ठाडो पारेर हिड्नु पर्ने उनले बताएकी छिन् । यस्तो समस्यामा आँखा तल नहेर्ने र साहसका साथ जिस्क्याउनेहरुको सामना गर्ने सुझाब पनि ऐश्वर्याले दिएकी छिन्,‘यसरी जिस्क्याउनुमा न त तिम्रो लुगामा धेरै दोष छ न तिम्रो लिपस्टिकको दोष छ । आफैंमा गल्तीहरू नखोज्नुहोस्, सडक उत्पीडनमा तपाइँको दोष छैन।’ यसरी ऐश्वर्याले महिलाहरूलाई शोषण विरुद्ध आवाज उठाउन पनि आग्रह गरेकी छिन् ।

बिगत ६ महिना भन्दा लामो समयदेखि घर छाडेर माईतमा बस्दै आएकी यी अभिनेत्रीले यो भिडियो सार्वजनिक गर्नुलाई दर्शकले फरक रुपमा लिएका छन् । आफु परिवार छाडेर एक्लो बसेका कारण आफुजस्तै अरुलाई पनि उनले हौसला प्रदान गरेको धेरैको कथन छ ।

The post नारी आत्मरक्षाको लागि ऐश्वर्याको अपिल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/104540/