ऋणको भार नथपिने गरी बीआरआई कार्यान्वयनमा लगौं : कांग्रेस
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले चीनको महत्वकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)बाट ऋणको भार नथप्ने गरी अघि बढ्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको छ। बुधबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले बैठकपछि उक्त कुरा बताएका हुन्। ‘म आफैं परराष्ट्रमन्त्री हुँदा बीआरआईको एमओयूमा हस्ताक्षर भएको हो। […]