नारी शृङ्गारवारे रेखा थापाको यस्तो दृष्टिकोण

काठमाडौं । महिलाले शृङ्गार गर्दा नक्कल पारेको भनेर टिप्पणी गर्नेहरुको भनाईलाई अभिनेत्री रेखा थापाले खण्डन गरेकी छिन् । हिन्दु धर्मशास्त्रका अनुसार विवाहित नारीहरुको लागि सोह्र शृङ्गार अपरिहार्य भएको पनि यी अभिनेत्रीले बताएकी छिन् ।

तथापि अरु अभिनेत्रीको जस्तो बाहिर निक्लँदा धेरै मेकअप गर्ने बानी आफ्नो नभएको यी अभिनेत्रीको कथन छ,‘अरुले जस्तो म धेरै मेकअप त गर्दिन । प्राय सामान्य टचअप गरेर बाहिर निक्लने गर्छु ।’ तर विशेष समारोह तथा पार्टीहरुमा जाँदा भने पूर्ण रुपमा मेकअप गरेर जाने गरेको पनि यी अभिनेत्रीले खुलाएकी छिन् ।

आफ्नो छाला राम्रो भएकाले त्यतिधेरै मेकअपको आबस्यता नपर्ने पनि रेखाको कथन छ । उनी बेला बेलामा विना मेकअप विभिन्न कार्यक्रममा पुग्ने गर्छिन । यहाँसम्मकी चलचित्रमा समेत विना मेकअप काम गरेको अनुभव रेखासँग छ । उनले चलचित्र बाटो मुनीको फुलको गीत ‘मैले छोएको पानी चल्दैन…’मा बिना मेकअप अभिनय गरेकी थिईन् । त्यो गीतमा उनको कामलाई दर्शकले मन पराएका थिए । यो मात्र हैन, अरु थुप्रै वियोगान्त गीत र अन्य चलचित्रका केही दृष्यमा पनि आफुले विना मेकअप काम गरेको अनुभव यी अभिनेत्रीसँग छ । तथापि नारीले मेकअप गर्नुलाई आफुले सँधै सकरात्मक रुपमा लिँदै आएको पनि उनले बताएकी छिन् ।

काठमाडौंको नयाँ वानेश्वर स्थित छक्कु बक्कु मार्गमा ‘इन स्टाईल ब्युटी हब’को शुभारम्भ रिवन काट्दै अभिनेत्री रेखाले नारीको लागि सृँगार आजिवन अपरिहार्य भएको जिकिर गरेकी छिन् । नेपाली महिलामात्र हैन, विश्वका महिलाहरु सृँगारमा रमाउने गरेको यी अभिनेत्रीको कथन छ,‘मेकअप गर्दैमा सबैमा पूर्ण आत्मविश्वास बढ्छ भन्नेकुरामा म त्यति विश्वस्त त छैन । तर मेकअपले नारीलाई एक किसिमको उर्जा चैं दिन्छ ।’

एउटा सन्तानकी आमा भईसकेकी अभिनेत्री रेखा थापाको कथनमा हिन्दु सँस्कारमा श्रीमानको निधनपछि श्रीमतीको सृँखला पखाल्ने गरिन्छ । त्यसो त पछिल्लो समय एकल महिलाहरुले सृँगार गर्ने क्रम पनि सुरु भएको छ । तथापि विवाहित महिलाहरुले सोह्र सृँगार गर्नुपछि भन्नेकुरा हाम्रो शास्त्रले नै सिकाउँदै आएको यी अभिनेत्रीले बताएकी छिन् ।

रेखाको भनाईमा महिला आफैंमा सुन्दर हुन्छिन् । सुशिल र सहनशिल पनि हुन्छिन् । यति हुँदाहुँदै पनि पछिल्लो समय महिलाहरुमा सुन्दरताप्रति अझ चासो बढेको पनि अभिनेत्री रेखाले बताएकी छिन् । नारीले आफुलाई सँधै सुन्दर राख्नुपर्छ भन्ने मान्यतामा आफु रहेको पनि यी अभिनेत्रीको भनाई छ,‘हुन त महिला आफैं सुन्दर भएकाले उनलाई सुन्दरताको खाँचो पर्दैन । तथापि आफुसँग भएको सुन्दरतालाई अझ बढाउनको लागि मेकअपले सघाउने गरेको छ ।’ महिलाहरुले सुन्दरतासँगै स्वास्थ्यमा पनि त्यत्तिकै ध्यान दिनु पर्ने सुझाब यी अभिनेत्रीले दिएकी छिन् ।

‘महिला दिदीबहिनीहरु आधादेखि एक घन्टा लगाएर मेकअप गरेर बाहिर निक्लनु राम्रो कुरा हो । उहाँहरुले सुन्दरतासँगै आफुलाई आत्मनिर्भरतामा पनि अघि बढाउनु पर्छ भन्ने मेरो मान्यता रहेको छ ।’ रेखाले भनिन् । उनले सुन्दरताको लागि बेला बेलामा नारीहरुलाई व्युटी पार्लर जानुपर्ने कुरालाई पनि औंल्याएकी छिन् ।

सान्तन प्राप्तिपछि महिलाहरुको सुन्दरता घट्ने गरेको भन्ने एकथरीको भनाईलाई पनि यी अभिनेत्रीले खण्डन गरेकी छिन्,‘सन्तान प्राप्तिको क्रममा केही समय मुहारको छालामा नारीहरुको समस्या आउँछ । तर यो समस्या सँधै रहँदैन र सन्तान प्राप्तपछि महिलाहरुको सुन्दरता घट्ने कुरा गलत हो ।’ केही महिना अघि आमा बनेकी रेखाको पनि गर्भवती अबस्थादेखि आमा बन्दासम्म मुहारको छालामा चायापोतो आएको थियो । तर त्यो आफैं ठिकहुँदै गएको पनि यी अभिनेत्रीले बताएकी छिन् ।

सन्तान भएपछि आमामा जीवनलाई अघि बढाउन अझ उर्जा मिल्ने गरेको पनि रेखाको कथन छ,‘मलाई हरेक दिन छोरीको मुहार हेर्दा उनको भविष्यको लागि मैले अझै धेरै काम गर्नुपछि भन्ने उर्जा आउँछ ।’ यो तर्क सहित बच्चा भएपछि काममा उर्जा घट्छ भन्ने कुराको यी अभिनेत्रीले खण्डन गरेकी छिन् ।

राज कार्कीसहित केही व्यक्तिहरुले सोमबारबाट सञ्चालनमा ‘इन स्टाईल ब्युटी हब’को अभिनेत्री रेखा थापासँगै मिसेस नेपाल वल्र्ड २०२४की बिजेता डा. डेनिला कार्कीले उद्घाटन गरेका हुन् । यी दुबैले यो ब्युटी हबको सेवा’bout प्रसँसा गर्दै आगामी दिनमा आफुहरु त्यहाँ सेवालिन जाने प्रतिवद्धता समेत जनाए ।

The post नारी शृङ्गारवारे रेखा थापाको यस्तो दृष्टिकोण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/104532/