नेपाल प्रहरीमा लगातार एआइजी अवकाश र बढुवाको शृंखला
काठमाडौं। २०७९ साल जेठ ६ गते तत्कालीन प्रहरी नायब महानिरीक्षक (डिआइजी) वसन्त लामाले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को फुली लगाए। लामा अवकाशको एक दिनअघि मात्रै एआइजी भएका थिए। २०७९ साल वैशाख २३ गते लामालाई बढुवा समितिले एआइजी सिफारिस गरेको थियो। त्यतिबेला नेपाल प्रहरी संगठनको नेतृत्वमा शैलेश थापा क्षत्री थिए। लामालाई एक दिनको लागि मात्रै एआइजी बनाएको […]