नेप्से ३१ अंकले ओरालो लाग्दा ८ अर्ब २५ करोडको कारोबार
समाचार सुन्नुहोस :
काठमाडौँ – साताको अन्तिम कारोबार दिन विहिबार नेप्से ३१ अंकले घटेको छ । आज नेप्से ३१.३१ अंकले घटेर २६८०.४४ विन्दुमा बन्द भएको छ । आज कुल ३१४ कम्पनीका एक करोड ८४ लाख ७४ हजार २४ कित्ता शेयर किनबेच हुदा ८ अर्ब २५ करोड ७६ लाख बराबरको कारोबार भएको थियो ।
आज सामुदायिक लघुवित्त र थ्री स्टार हाइड्रो को शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी आज जानकी फाइनान्सको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।
त्यस्तै आज सबैभन्दा बढी नेपाल फाइनान्सको २५ करोड २४ लाख १० हजार बराबरको कारोबार भएको छ सिटिजन म्युचुअल फन्ड १ को सबै भन्दा बढी ११ लाख ९८ हजार ३२१ कित्ता शेयर कारोबार भएको छ ।
The post नेप्से ३१ अंकले ओरालो लाग्दा ८ अर्ब २५ करोडको कारोबार appeared first on Samudrapari.