पक्राउ पुर्जी जारी भएपछि रविकाे टिप्पणी– ‘नयाँ पुस्तालाई सक्काउने नियत देखियो’

काठमाण्डाै – आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आक्रोश व्यक्त गर्नुभएको छ । पक्राउ पुर्जी जारी भएको केहीबेरमै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै लामिछानेले नयाँ पुस्तालाई एक–एक गरेर सक्काउँदै जाने कुनियत देखिएको टिप्पणी गर्नुभएको छ । उहाँले विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रहार गर्नुभएको छ । लामिछानेले कानूनलाई पूरा सघाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।

Source : https://ujyaaloonline.com/story/107922/2024/10/18/rabi-comments-after-the-arrest-warrant-was-issued