पहिलो रेटिङमै नेपालले सुखद नतिजा पायो, सदुपयोग र निरन्तर सुधार जरुरी छ
लामो समयको प्रयासपछि नेपालले पहिलो पटक 'सोभरेन क्रेडिट रेटिङ' अर्थात् साख मूल्याङ्कन सम्पन्न गराएको छ । अहिलेसम्म हाम्रो देशको रेटिङ नै थिएन । हामी रेटिङविनाको देश थियौँ । हाम्रो साखको मूल्याङ्कन नै भएको थिएन । हामी कुन अवस्थामा छौँ, नेपालमा लगानी गर्दा कस्तो किसिमको जोखिम हुन सक्छ भन्ने लगायतका कुराको कसैले पनि मूल्याङ्कन गरेको थिएन । यो मूल्याङ्कन गर्नका लागि नेपाल सरकारले धेरै अघिदेखि पहल गरेको थियो । हामी नतिजाको पर्खाइमा थियौँ । तर बीचमा कोरोना महामारी आयो । देशको अर्थतन्त्र खासै गतिलो भए...
Source : https://ujyaaloonline.com/story/109202/2024/11/24/a-good-result-for-nepal-in-the-first-rating