पोखरामा प्रदर्शनकारीमाथि प्रहरीले गर्‍यो अश्रुग्याँस प्रहार 

कास्की। 

 पोखरामा  प्रदर्शनकारीमाथि प्रहरीले २ सेल अश्रुग्याँस प्रहार गरेको छ । सभापति  रवि लामिछाने  पक्राउ परेदेखि निरन्तर आन्दोलित उनीहरू निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि  प्रहरीले बल प्रयोग गरेको हो  । त्यसक्रममा प्रहरीले  २ सेल अश्रुग्याँस प्रहार गरेको हो । 

कास्की जिल्ला अदालतले सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासत राख्न अनुमति दिएपछि  रास्वपा कार्यकर्ता आक्रोशित भएका थिए। 

रविलाई अदालत लगिँदा निषेधित क्षेत्र बाहिर बसेर प्रदर्शन गरिरहेका उनीहरुले  म्याद थपको सूचनालगत्तै  निषेधित क्षेत्रतर्फ अघि बढेपछि प्रहरीले रोक्न खोजेको हो  ।

पार्टी कार्यकर्ता र समर्थकले अहिले नाराबाजी गरिरहेका छन् । 

Source : https://newsofnepal.com/2024/10/24/675076/