बन्द भएको ‘गाह्रो छ हो’ अब दोश्रो सिजनमा
काठमाडौं । बेगम नेपाली र रियासा दाहालको शीर्ष भूमिका रहेको हास्य टेलिसिरियल ‘गाह्रो छ हो’बाट रियासा बाहिरिएपछि सो सृँखला बन्द भएको थियो । बिगत ४ वर्ष भन्दा लामो समयदेखि निरन्तर प्रशारण हुँदै आएको गाह्रो छ हो २२८ सृँखला प्रशारण पछि बन्द भएको हो ।
यसरी बिगतमा एपि वान टेलिभिजनबाट प्रशारण हुँदै आएको यो सृँखला नयाँ कलाकारका साथ फेरी प्रशारणको तयारी भईरहेको छ । यसका निर्माता, निर्देशक तथा अभिनेता बेगम नेपाली (भटभटे माईला)ले काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै अब यो सृँखला नयाँ परिमार्जन र नयाँ कलाकार सहित ‘गाह्रो छ हो– सिजन २’को रुपमा आउन लागेको बताएका छन् ।
गाह्रो छ होको दोश्रो सिजन एपिवान टेलिभिजनबाटै आगामी सोमबार १७ मँसिरदेखि हरेक सोमबार बेलुका ८ बजेबाट प्रशारण हुने पनि निर्देशक बेगमले बताएका छन्,‘हामीले नयाँ कथा र फरक कलाकारहरुसहित दोश्रो सिजन ल्याउनकै लागि केही समय बन्द ग¥यौं । दर्शकहरुले किन बन्द भयो भनेर बारम्बार चासो राख्नु भएकोमा दोश्रो सिजन ल्याउन हामी अझ आतुर भयौं ।’ पत्रकार भेटघाटका क्रममा ‘गाह्रो छ हो २’ ट्रेलर सार्वजनिक गर्दै बेगमले यस’bout जानकारी गराए ।
दोश्रो सिजन पनि पहिलो सिजन जस्तै हास्य प्रधान हुने निर्देशक कलाकार बेगमको कथन छ,‘हामी दोश्रो सिजनलाई अझ हास्यप्रधानसँगै थप सन्देशमुलक पनि बनाउँदै छौं । जुनकुरा यहाँहरुले भर्खरै हेर्नु भएको ट्रेलरबाट पनि जानकारी पाईसक्नु भएको छ ।’ उनले पत्रकार सम्मेलनमा भने,‘दर्शकको चाहना अनुरुप कलाकारहरुमा केहि परिवर्तन र मेकिङमा पनि थप स्तरिय बनाउँदै यसरी दोस्रो सिजन ल्याइएको हो ।’
गाह्रो छ हो सिजन २ को ट्रेलर हेरेपछि मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’, शिवहरी पौडेल, शंकर आचार्य, कृष्ण सिवाकोटी, किशोर भण्डारी, लोकेन्द्र लेखक, सुरज चापागाईँ (बान्द्रे), सुबोध गौतम, दिनेश काफ्ले, सुरेश थापालगायतले यसलाई सफलताको शुभकामना दिए । ट्रेलर निकै राम्रो भएकाले सृँखला पनि राम्रो हुने विश्वास उनीहरुले व्यक्त गरे ।
सिरियल एपिवन टेलिभिजनमा सोमबार ८ बजेबाट प्रशारण हुने भए पनि भटभटे माइला युट्युव च्यानलबाट भने हरेक सोमबार बेलुका ८ः३० बजे मात्र प्रसारण हुने पनि बेगमले बताए । करिब साँढे चार वर्षको दर्शकको निरन्तर साथ आफुलाई आउँदो दिनमा अझ धेरै बढ्ने विश्वास आफुले लिएको यी निर्देशक कलाकारले कार्यक्रममा बताए ।
गाह्रो छ हो को दोश्रो सिजनमा सुशील पोखरेल, अंशु थापा, बेगम नेपाली, बिनोद राई, राजकुमार देवकोटा, नविना सिलवाल, गीता थापा, रेशम सापकोटा, साया भण्डारी, आकृति न्यौपाने, मारिया कार्की, सुदर्शन खतिवडा, बेगम पुन मगरलगायतको अभिनय रहने छ । यसको छायाँकारमा ज्ञानकुमार कट्टेल र सम्पादकमा रविन्द्र खड्का रहेका छन् ।
The post बन्द भएको ‘गाह्रो छ हो’ अब दोश्रो सिजनमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/104535/