बीपी राजमार्ग थप मर्मतका लागि आजदेखि रातको समयमा बन्द हुने

काठमाण्डाै – बीपी राजमार्गकाे धुलिखेल–भकुण्डेवेसी–वर्षेखाेला सडक खण्ड थप मर्मतका लागि आजदेखि रातको समयमा बन्द हुने भएको छ । याे सडक खण्ड बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म १० घण्टा बन्द हुने भएको हो । यो खण्ड गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षापछिकाे बाढी र पहिरोले क्षति गरेको छ । डिभिजन सडक कार्यालय भक्तपुरले सूचना निकालेर बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने जानकारी दिएको छ । काभ्रे जिल्लाभित्र पर्ने १ नम्बरपुल–चौकीडाँडा–वर्षेखोला खण्डको झन्डै ८ किलोमिटर सडक ट्र्याकको मर्...

Source : https://ujyaaloonline.com/story/107845/2024/10/16/bp-highway-will-be-closed-during-the-night