भक्तपुरका नेवार समुदायले आज म्हः पूजा र भोलि भाइटीका मनाउँदै
काठमाण्डौ – भक्तपुरका नेवार समुदायले आज म्हः पूजा र भोलि कात्तिक १७ गते भाइटीका मनाउने भएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कात्तिक १८ गते भाइटीका र किजा पूजा गर्ने निर्णय गरे पनि भक्तपुर नगरपालिकाका नेवार समुदायले भने आज म्हः पूजा र भोलि कात्तिक १७ गते भाइटीका मनाउने भएका हुन् । भक्तपुर नगरपालिकाले आज बेलुका सवा ५ बजेपछि कछलाथ्व प्रतिपदा तिथि पर्ने भएकाले म्हःपूजा गर्न र कात्तिक १७ गते भोलि बेलुका ७ बजर १ मिनेटपछि द्वितीया तिथि पर्ने भएकाले भाइटीका अर्थात् किजा पूजा मनाउन नगरवासीलाई भनेको छ । त्यस...
Source : https://ujyaaloonline.com/story/108386/2024/11/1/newar-community-celebrate-mha-puja-today-bhaitika