भक्तपुरमा लागूऔषधसहित औषधि पसल सञ्चालक पक्राउ

भक्तपुर – भक्तपुरमा लागूऔषधसहित औषधि पसल सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको नरहा गाउँपालिका मध्यपुर थिमि नगरपालिका–२ घर भई भक्तपुरको लोकन्थली बस्ने ३० वर्षीय रोहित सिंह रहेका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । लोकन्थलीमा सिंहले सञ्चालन गरेको औषधि पसलमा लागूऔषध बिक्री भइरहेको छ भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसर र प्रहरी वृत्त थिमिबाट टोली खटिएको थियो । यस्तै प्रहरीले दाङको घोराही उपमहानगरपालिका–१५ घर भई ललितपुरको बालकुमारी बस्ने २२ वर्षीय बलिराम खड्कालाई पनि पक्राउ गरेको...

Source : https://ujyaaloonline.com/story/108043/2024/10/22/drug-shop-owner-arrested-with-drugs