भारतले अस्ट्रेलियालाई दियाे ५ सय ३४ रनकाे लक्ष्य, टेस्ट क्रिकेटमा काेहलीकाे ३०औं शतक
काठमाण्डाै – पहिलो टेस्ट क्रिकेटमा भारतले घरेलु टाेली अस्ट्रेलियालाई ५ सय ३४ रनको लक्ष्य दिएको छ । खेलको तेस्रो दिनको चिया समयपछि भारतले ६ विकेट गुमाउँदै ४ सय ८७ रन बनाएको अवस्थामा पारी समाप्तिको घोषणा गरेको हो । दोस्रो पारीमा भारतका यशस्वी जयसवाल र विराट कोहलीले शतक बनाए । जयसवाल १ सय ६१ रनमा आउट हुँदा कोहली सय रनमा नटआउट रहे । काेहलीले टेस्ट क्रिकेटमा ३०‍औं शतक प्रहार गरे । यस्तै केएल राहुलले ७७ रन बनाए । अस्ट्रेलियाका नायन लायनले २ विकेट लिए । भारतले दिएको ५ सय ३४ रनको लक्ष्य पछ्याएको अस्ट्र...
Source : https://ujyaaloonline.com/story/109213/2024/11/24/india-gave-australia-a-target-of-534-runs-in-test