भारतसँगको पहिलो टेस्ट न्युजिल्यान्डले ८ विकेटले जित्यो

काठमाण्डाै – भारतसँगको पहिलो टेस्ट क्रिकेट न्युजिल्यान्डले ८ विकेटले जितेको छ । भारतले दिएको १ सय ७ रनको लक्ष्य न्युजिल्यान्डले खेलको पाँचौं दिनको खानाअघिको समयमा २ विकेट गुमाएर भेटायो । न्युजिल्यान्डका विल योङ्गले ४८ र रचिन रविन्द्रले ३९ रन बनाए । भारतका जसप्रीत बुमराहले २ विकेट लिए । भारतले दोस्रो पारीमा शरफराज खानको शतक तथा कप्तान रोहित शर्मा, विराट कोहली र ऋषभ पन्तको अर्धशतकमा ४ सय ६२ रन बनाएको थियो । न्युजिल्यान्डका म्याट हेनरी र विलियम ओरर्केले समान ३ विकेट लिए । यसअघि बेङ्गलुरुमा टस जितेर ब्याटिङ गरे...

Source : https://ujyaaloonline.com/story/107980/2024/10/20/new-zealand-won-1st-test-against-india