भिस्टाराको जहाजमा बम राखेको हल्ला, विमानस्थलमा तनाव

काठमाडौँ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको भारतीय निजी वायुसेवा कम्पनी भिस्टारा एयरवेजको जहाजमा बम राखेको हल्ला फैलिएको छ । भारतको नयाँदिल्लीबाट काठमाडौं आएको भिस्टाराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त जहाज अहिले छुट्टै राखेर प्रहरीले सर्च गरिरहेको विमानस्थल स्रोतले जनाएको छ ।

बम राखेको खबर पाइएपछि नेपाली सेनाको कमान्डमा सुरक्षा निकायले जहाजको खानतलासी सुरु गरेको छ । पछिल्लो समय भारतीय जहाजहरूमा बम राखेको हल्ला फैलिने क्रम बढेको छ ।

Source : https://newsofnepal.com/2024/10/22/674709/