मानवीय सहायताको क्षेत्रमा यो वर्ष सबैभन्दा खराब : संयुक्त राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घले सन् २०२४ लाई मानवीय सहायताको क्षेत्रमा सबैभन्दा खराब वर्ष रहेको जनाएको छ । अघिल्लो वर्ष सन् २०२३ मा ३३ देशमा दुई सय ८० जना मानवीय सहायताकर्मीको ज्यान गएको थियो । तर यो वर्ष सन् २०२४ को ११ महिना नबित्दै दुई सय ८१ जना मानवीय सहायताकर्मीले ज्यान गुमाएका राष्ट्रसङ्घले पुष्टि गरेको समाचार संस्था एएफपीले जनाएको छ । संयुक्त राष्ट्रसङ्घका मानवीय मामिला तथा आपतकालीन राहत संयोजक टम फ्लेचरले मानवीय सहायताकर्मी उच्च सङ्ख्यामा मारिएका बताउनुभयो । संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुख फ्लेचरले द्वन्द्वरत देश र पक्षहरूले...

Source : https://ujyaaloonline.com/story/109149/2024/11/23/this-year-has-been-the-worst-in-humanitarian-un-