म्याग्दीमा असिनापानीले तीन सय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको गौश्वारा र तमानेमा असिनापानीका कारण तीन सय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट भएको छ । स्थानीय जनप्रतिनिधि र कृषि प्राविधिकको टोलीले तीन दिन लगाएर गरेको मूल्याङ्कनअनुसार गएको आइतवार बेलुका परेको असिनापानीले सबैभन्दा बढी क्षति गौश्वारा र तमानेमा भएको पाइएको हो । टोलीले हिजो बेलुका क्षतिको विवरण सार्वजनिक गरेको हो । बेनी–२ का वडासदस्य चन्द्रकान्त रिजालले दिएको जानकारीअनुसार असिनापानीले खेतमा पाक्नै लागेको धान र कोदोमा क्षति पुर्‍याएको छ । असि...

Source : https://ujyaaloonline.com/story/108152/2024/10/25/hail-destroyed-paddy--and-millet-in-myagdi--