यो वर्ष रुसको अन्न निर्यातमा ७ करोड टनले कमी आउने

यस वर्षको कृषि सिजनमा रुसको अन्न निर्यात ठूलो मात्रामा घट्ने भएको छ । अघिल्लो सिजनको तुलनामा यो सिजनको निर्यातमा ७ करोड २० लाख टनले कमी आउने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यो वर्ष रुसले ५ करोड ५० लाख टन अन्न निर्यात गर्ने लक्ष्य लिएको छ । रुसी समाचार एसेन्सी तासका अनुसार रुसमा यो सिजन अर्थात् गएको जुन महिनादेखि आउँदो जुन महिनासम्म १३ करोड ३० लाख टन अन्न उत्पादन भएको छ । जसमा ८ करोड ३० लाख टन गहुँ रहेको छ । उपप्रधानमन्त्री दिमित्री पत्रुशेभले रुसको अन्न उत्पादनले आन्तरिक बजारको मागलाई पूर्ण रूपमा धान्...

Source : https://ujyaaloonline.com/story/109252/2024/11/25/russia-grain-exports-will-decrease-by-70-mn-tons



Related Posts