रवि लामिछानेको दोस्रो दिनको बयान लिने काम सकियो

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको दोस्रो दिनको बयान लिने काम सकिएको छ । आज बयानका लागि लामिछानेलाई प्रहरीले सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराएको थियो । हिजो पनि सरकारी वकिलको कार्यालयमै बयान लिएको थियो । कार्तिक २ गते पार्टी मुख्यालय बनस्थलीबाट पक्राउ परेका लामिछनेलाई छ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमती दिएको छ । लामिछानेविरुद्ध सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर सहकारीको रकम अपचलन गरेको आरोप छ । यस्त...

Source : https://ujyaaloonline.com/story/108065/2024/10/22/ravi-lamichhane-second-day-statement-taking-over