रविलाई थप १५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं – सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि थप अनुसन्धानका लागि कास्की जिल्ला अदालतले पुन: १५ दिनको म्याद थपेको छ ।

आइतबार न्यायाधीश हिमलाल बेल्वासेको इजलासले लामिछानेसहित सोही मुद्दामा पक्राउ परेका चार जना अन्य व्यक्तिहरूलाई पनि थप १५ दिन अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो । लामिछानेसँगै अनुसन्धानमा रहेका व्यक्तिहरूमा गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, र रामबहादुर खनाल रहेका छन् । लामिछानेलाई कात्तिक २ गते रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरी कास्की ल्याइएको थियो ।

लामिछानेमाथि यसअघि ६ दिन, ७ दिन, १० दिन र १३ दिनका म्याद थप गरिएको थियो । आइतबार भएको निर्णयसँगै अनुसन्धानका लागि पुन: १५ दिनको म्याद थप गरिएको हो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the yearSamudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006. 2006.
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

The post रविलाई थप १५ दिन हिरासतमा राख्न अनुमति appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/11/496696/