राजस्थानमा बस र अटो ठोक्किँदा ८ बालबालिकासहित १२ को मृत्यु

काठमाडौँ । भारतको राजस्थानको ढोलपुरस्थित राष्ट्रिय राजमार्ग ११–बी मा शनिबार राति भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आठ बालबालिका पनि रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । दुर्घटनामा घाइते दुई जनाको उपचार भइरहेको बताइएको छ ।

शनिबार राति जयपुर जाँदै गरेको बस र अटोबीच ठक्कर हुदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतकहरू सबै बारीका बासिन्दा रहेको र सर्मथुरा क्षेत्रको बरौली गाउँमा विवाह समारोहमा सहभागी भई अटोमा फर्कदै गर्दा दुर्घटना भएको बताइएको छ ।
 

The post राजस्थानमा बस र अटो ठोक्किँदा ८ बालबालिकासहित १२ को मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102432/