रामेछापमा यस वर्ष २३ करोड रुपैयाँको जुनार बिक्री हुने अनुमान

रामेछाप – गएका वर्षहरूभन्दा यस वर्ष रामेछापमा जुनार उत्पादनमा वृद्धि भएको छ । उत्पादन बढेसँगै जुनार बिक्रीबाट २२ करोड ६८ हजार रुपैयाँ आम्दानी हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले अनुमान गरेको छ । यस वर्ष समयसयममा पानी परेको र जुनारका बोटमा समेत किरा नलागेका कारण गएको वर्ष भन्दा यस वर्ष जुनार उत्पादनमा वृद्धि भएको हो । यस वर्ष चार हजार पाँच सय ३६ मेट्रिक टन जुनार उत्पादन हुने अनुमान छ । गएको वर्ष चार हजार पाँच सय मेट्रिक टन जुनार उत्पादन भएको थियो । रामेछापमा अहि...

Source : https://ujyaaloonline.com/story/109085/2024/11/21/junar-worth-rs-230-million-to-be-sold-in-ramechhap