रास्वपा सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाण्डाै – सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजङ्ग शाहको इजलासले आज लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको हो । लामिछानेमाथि अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले माग गरेअनुसार अदालतले पक्राउ पुर्जी जारी गरेको हो । अदालतको अनुमतिपछि लामिछानेलाई काठमाण्डौबाट पक्राउ गरी कास्की लैजाने प्रहरीको तयारी छ । गोर्खा मिडियाका तत्कालीन प्रबन्ध ...

Source : https://ujyaaloonline.com/story/107920/2024/10/18/arrest-warrant-against-rabi-lamichhane