रोजगारीका लागि अस्ट्रेलिया जानेले ५ सय डलरसम्म साट्न पाउने

काठमाण्डौ – वैदेशिक रोजगारीका लागि अस्ट्रेलिया जानेले पनि युरोप अमेरिका र जापान जाने सरह नै राहदानी बापतको सटही सुविधा पाउने भएका छन् । अहिले जापान, दक्षिण कोरिया, युरोप, संयुक्त राज्य अमेरिका र क्यानडामा कामको लागि जानेले राहदानी बापत पाँच सय अमेरिकी डलर सटही सुविधा पाउँदै आएका छन् । यसबाहेकका अरू देशमा रोजगारीका लागि जानेले दुई सय डलरसम्म मात्रै सटही सुविधा पाउँछन् । अब अस्ट्रेलियामा रोजगारीमा जानेले पनि पाँच सय डलरसम्मको सटही सुविधा पाउने भएका हुन् । यस्तै अब विदेश जानेले राहदानी बापत विदेशी मुद्रा...

Source : https://ujyaaloonline.com/story/107853/2024/10/17/australia-employment-exchange-up-to-500-dollars