सैन्य सहयोग रोक्ने अमेरिकाको चेतावनीपछि इजरायलले गाजामा मानवीय सहायताको पहुँच बढायो

इजरायलले मानवीय सामग्री बोकेका ५० वटा ट्रक गाजा पट्टीमा प्रवेश गर्न दिएको बताएको छ । युद्धग्रस्त क्षेत्रमा मानवीय सहायताको पहुँच नबढाएमा सैन्य सहयोग रोकेर कारबाही गर्ने अमेरिकाको चेतावनी पछि इजरायलले मानवीय सामग्री बोकेका गाडी गाजामा प्रवेश गराउन लचिलो भएको अन्तराष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । मानवीय सहायता जोर्डनबाट एलेनबी ब्रिजमार्फत र गाजामा पश्चिमी इरेज क्रसिङ हुँदै पठाइएको थियो । इजरायल र उत्तरी गाजाबीचको बाटो मानवीय सहायता हस्तान्तरणको लागि गएको मे महिनामा खोलिएको थियो । संयुक्त राष्ट्रसङ्घका अनुसार खाद्...

Source : https://ujyaaloonline.com/story/107861/2024/10/17/israel-increased-humanitarian-aid-access-to-gaza