विदेशी मुद्रा सटही सुविधाको सीमा बढ्यो, सेवा व्यापारको लागि पनि सटही सुविधा

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले व्यापार, उपचार र शिक्षाको लागि विदेशी मुद्रा सटही सुविधाको सीमा बढाएको छ । राष्ट्र बैंकले एकीकृत परिपत्र २०८० संशोधन गर्दै आयातकर्ताका लागि सटही सुविधामा सहुलियत दिएको हो । नेपाली नागरिकले विदेशमा उपचार गर्न वा स्वास्थ्य उपकरण खरीद गर्नका लागि १० हजार डलरसम्म सहटी सुविधा पाउँदै आएकोमा बढाएर १५ हजार डलर पुर्‍याइएको छ । यस्तै विदेशी विश्वविद्यालयको सम्बन्धनमा खुलेका शिक्षण संस्थालाई सम्बन्धन, परीक्षा लगायतका शुल्कहरुको भुक्तानीको लागि १२ हजार डलरसम्म सटही सुविधा उपलब्ध हुँदै आएकोम...

Source : https://ujyaaloonline.com/story/107852/2024/10/17/foreign-exchange-facility-limit-increased