विपक्षी दलहरूले आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज विपक्षी दलहरूले ज्ञापन पत्र बुझाउने तयारी गरेका छन्। विपक्षी दलहरूले बाढी पहिरोपछिको राहत उद्धार र पुनः निर्माणको काम प्रभावकारी रूपमा गर्न नसकेको भन्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन लागेका हुन् ।

प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादीलगायतका दलहरूले ज्ञापन पत्र बुझाउने तयारी गरेका छन्।

यस अघि शुक्रबार बिहान बसेको विपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने र ज्ञापन पत्र तयार गर्न माओवादी उपमहासचिव शक्ति बस्नेत, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र रास्वपा नेता शिशिर खनाल सम्मिलित कार्यदल बनाएको थियो।

विपक्षी दलहरूले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएपछि राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउने बताएका छन्। 

Source : https://newsofnepal.com/2024/10/21/674468/