विश्वकप क्रिकेट लिग–२ : अन्तिम खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै
काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–२ को एकदिवसीय शृङ्खलामा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ । अमेरिकाको डालासमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा खेल आज राति सवा दश बजे शुरु हुनेछ । आफ्नो पहिलो खेलमा अमेरिकासँग तीन विकेटले पराजित भएको नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हराएको थियो । तेश्रो खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको थियो । लिग–२ मा नेपाल ११ खेलमा दुई जीतसहित पाँच अङ्कका साथ तालिकाको सातौं स्थानमा छ । अमेरिका १२ खेलमा १६ अङ्कसाथ शीर्ष स्थानमा छ । लिग–२ को तालिकामा क्...
Source : https://ujyaaloonline.com/story/108450/2024/11/4/world-cup-cricket-league-2-nepal-scotland