शनिबार शिनकान्सेन बुलेट ट्रेन सेवा अवरुद्ध, १ लाख ३९ हजार यात्रु प्रभावित
टोकियो – शनिबारको अविरल वर्षाका कारण पश्चिम जापानको सान्यो शिनकान्सेन बुलेट ट्रेनका ८८ वटा सेवाहरू रद्द गरिएको छ । जेआर व्च् वेस्टकाअनुसार २ सय २९ वटा सेवाहरू करिब ६ घण्टासम्म ढिलो हुँदा १ लाख ३९ हजारभन्दा बढी यात्रु प्रभावित भएका छन् ।
जेआर वेस्टले आइतबार जानकारी दिँदै शनिबार बिहान शिन-ओसाका र हाकाता स्टेशन बीचका केही क्षेत्रहरूमा वर्षा मापन यन्त्रले अधिकतम सुरक्षित स्तर नाघेको बतायो । भारी वर्षापछि सुरक्षा परीक्षण पूरा गरेर मात्र सेवाहरू पुनः सुरु गरिएको थियो ।
शनिबार, तीव्र वर्षाका कारण हाकाता र टोकियो बीचका सबै शिनकान्सेन सेवाहरू केही समयका लागि पूर्ण रूपमा रोकिएका थिए । जापान मौसम विज्ञान एजेन्सीले वर्षा जारी रहने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
यो पनि : शक्तिशाली वर्षाले टोकियोको बुलेट ट्रेन सेवा प्रभावित
The post शनिबार शिनकान्सेन बुलेट ट्रेन सेवा अवरुद्ध, १ लाख ३९ हजार यात्रु प्रभावित appeared first on Samudrapari.