शेयर बजार १३ अङ्कले घट्यो, कारोबार रकममा पनि कमी
काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव शून्य तीन अङ्कले घटेर दुई हजार ६ सय ६७ दशमलव ४० विन्दुमा झरेको छ । आज लगानी र उत्पादन बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, बीमा, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज सेन्चुरी कमर्सियल बैंकको डिबेन्चर २०८८ को शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन थ्री स्टार हाइड्रोपावर, ङादी ग्रुप पावर र नबिल बैंकको डिबेन्चर २०८२ को शेयर भने नौ प्रतिशतभन्दा धेरैले बढेको छ । आज कारो...
Source : https://ujyaaloonline.com/story/109212/2024/11/24/share-market-declined-by-13-points