संखुवासभामा कार्यरत प्रहरी सहायक निरीक्षक अधिकारी सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी चौकी चिचिला, संखुवासभामा कार्यरत प्रहरी सहायक निरीक्षक सूर्यप्रसाद अधिकारीलाई कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको छ ।

विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी सहायक निरीक्षक अधिकारीले कार्तिक १० गते संखुवासभाको चिचिला गाउँपालिका ४ का ४५ वर्षीय पुरुषलाई खुकुरी प्रहार गरी हत्या गरेको घटनामा संलग्नलाई खुकुरीसहित पक्राउ गरेका थिए ।

साथै, कार्तिक १८ गते चिचिला गाउँपालिका ३ बस्ने दुई व्यक्तिहरूबीच आपसमा वादविवाद हुँदा ढुङ्गा प्रहार गरी एक व्यक्तिलाई भीरबाट फालेको भन्ने सूचनाको आधारमा घटनास्थलमा खटी मृत शव भीरमा अड्किएको अवस्थामा फेला परेको र घटनामा संलग्न थप चार जना व्यक्तिहरूलाई नियन्त्रणमा लिन सफल भएका थिए ।

कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता भीम बहादुर दाहालले जानकारी दिए।

The post संखुवासभामा कार्यरत प्रहरी सहायक निरीक्षक अधिकारी सर्वोत्कृष्ट प्रहरी घोषित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/104195/