सन्दीप जोराको कप्तानीमा हङकङ सिक्सेस खेल्ने टिमको घोषण

काठमाडौं ।

नेपाल क्रिकेट संघ (क्यान) ले हङकङ सिक्सेसमा भाग लिने टिमको घोषणा गरेको छ । क्यानले सन्दीप जोराको कप्तानीमा ७ सदस्यीय टिमको घोषणा गरेको हो ।

जसमा जोरासहित नारायण जोशी, प्रतिष जिसी, राशिद खान, लोकेश बम, बिबेक यादव र दिपेन्द्र रावत रहेका छन् । साथै प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल रहेका छन् ।

५ ओभरमा खेलिने यस प्रतियोगितामा १२ देशले भाग लिदै छन् । नेपाल भने पूल बी मा अस्ट्रेलिया र इङल्याण्डसँग रहेको छ । नेपालले पहिलो खेल नोभेम्बर १ मा इङल्याण्डविरुद्ध खेल्ने छ भने दोस्रो खेल नोभेम्बर २ मा अस्ट्रेलियासँग खेल्ने तालिका रहेको छ ।

प्रतियोगिताको पुल ए मा हङकङ, न्यूजील्याण्ड र दक्षिण अफ्रिका रहेका छन् भने पुल सी मा भारत, पाकिस्तान र युएई तथा पुल डी मा बंगलादेश ओमान र श्रीलंका रहेका छन् ।

एक टिममा ६ जनाले खेल्ने यो प्रतियोगिताको खेल ५ ओभर खेलाइन्छ । यस अघि ८ देशले भाग लिने गरेकोमा यस पटक १२ देशलाई सहभागी गराइएकाे छ ।

Source : https://newsofnepal.com/2024/10/22/674708/