साफ महिला च्याम्पियनशिप खेल्न श्रीलङ्काको टोली पनि नेपाल आइपुग्यो

काठमाण्डाै – साफ महिला च्याम्पियनशिप फुटबलका लागि श्रीलङ्काको टोली पनि नेपाल आइपुगेको छ । श्रीलङ्काको टोली आज दिउँसो काठमाण्डौ आइपुगेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । साफ महिला च्याम्पियनशिप खेल्न आइपुग्ने श्रीलङ्का चौथो टोली बनेको छ । यसअघि आजै बङ्गलादेशको टोली काठमाण्डौ आइपुगेको छ । हिजो माल्दिभ्सको टोली र अस्ति आइतवार पाकिस्तानको टोली काठमाण्डौ आइपुगेको छ । अब भारत र भुटानको टोली आउन बाँकी छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने महिला साफ च्याम्पियनशिपमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्री...

Source : https://ujyaaloonline.com/story/107810/2024/10/15/sri-lanka-women-football-team-arrived-in-nepal