सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे बोलाइएको बैठक संघीय संसद सचिवालय सिंहदरबारस्थित समितिको हलमा बस्ने जानकारी दिइएको छ । बैठकमा शुक्लाफाँटा, बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षालगायत विषयमा छलफल हुने कार्यसूची रहेको समितिको सचिवालयले जनाएको छ ।  

Source : https://www.dcnepal.com/2024/10/606577/