सुनको भाउको ओरालो गति रोकिएन, आज पनि २६ सयले घट्यो, व्यवसायी भन्छन् अझै घट्छ

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार पनि सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २६ सय रुपैयाँले घटेको हो ।

सोमबार प्रतितोला एक लाख ५१ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २६ सय रुपैयाँले घटेर एक लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर प्रतितोला १८२० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख २७ हजार ४ सय ८५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १५६०.५०  रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Source : https://arthasarokar.com/2024/11/the-price-of-gold-has-not-stopped-falling-it-has-dropped-by-2600-today-businessmen-say-it-will-further-decrease.html