सुनको भाउमा फेरि कीर्तिमान, तोलाको एक लाख ६५ हजार रुपैयाँ पुग्यो

काठमाण्डाै – सुनको भाउले फेरि कीर्तिमान बनाएको छ । शुक्रवार तोलाको एक लाख ६४ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनकाे याे भाउ अहिलेसम्मकै उच्च हाे । सुनको भाउ शुक्रवार एकैदिन तोलामा दुई हजार रुपैयाँले बढेको थियो । यस्तै चाँदीको भाउ पनि आज एकैदिन तोलामा ९५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको दुई हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । भाउ बढेपछि अब नेप...

Source : https://ujyaaloonline.com/story/107971/2024/10/20/gold-prices-hit-record-highs-again