सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । साताको कारोबारको पाँचौं दिन बिहीबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ६१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ६०० रुपैयाँले बढेर एक लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य स्थिर रही प्रतितोला १९५० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ३९ हजार २ सय ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६७२ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Source : https://arthasarokar.com/2024/10/goldsilver-624.html