बुद्ध एयरको जहाजको इन्जिनमा समस्या

काठमाडौँ । बुद्ध एयरको जहाजमा समस्या देखिएको छ । काठमाडौँबाट बिहीबार बिहान माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको जहाजको इन्जिनमा समस्या देखिएको हो ।

३५ जना यात्रु बोकेर उडेको जहाजमा समस्या देखिएपछि उडेको १५ मिनेटमा काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थानमा आकस्मिक अवतरण गरिएको हो ।

उडान नम्बर १०० नाइन एन एजेएस कलसाइन भएको बुद्ध एयरको जहाजको इन्जिनमा प्राविधिक समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको बुद्ध एयरले जनाएको छ ।

Source : https://arthasarokar.com/2024/10/buddha-airlines-2.html