सुनको मूल्यमा रेकर्डमाथि रेकर्ड, प्रतितोला एक लाख ६५ हजार रुपैयाँ

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ६०० रुपैयाँले बढेर एक लाख ६५ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ९५ रुपैयाँले बढेर प्रतितोला २०७५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ४१ हजार ४ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १७७९ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Source : https://arthasarokar.com/2024/10/goldsilver-626.html