स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल मड्रिडलाई ४–० गोलले हरायो

काठमाण्डौ – स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल मड्रिडलाई हराएको छ । घरेलु मैदान सेन्टियागो बर्नबेउमा भएको खेलमा रियल मड्रिड ४–० गोलले पराजित भएको हो । बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले दुई तथा लामिन यामल र राफिन्हाले एक-एक गोल गरे । बार्सिलोना ११ खेलमा ३० अङ्कका साथ शीर्ष स्थानमा छ  । २४ अङ्क भएको रियल मड्रिड दोस्रो स्थानमा छ । 

Source : https://ujyaaloonline.com/story/108206/2024/10/27/barcelona-beat-real-madrid-4-0-spanish-la-liga