स्वर्णलक्ष्मी सहकारी ठगीमा बयान लिन रविलाई काठमाडौं पुर्‍याइँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज काठमाडौँ ल्याइने भएको छ । सहकारी ठगीको अभियोगमा पक्राउ परेका रविलाई पोखरामा बयान सकिएकाले काठमाडौँ ल्याउन लागिएको हो ।

कास्की जिल्ला अदालतले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई काठमाडौँ ल्याउन लागिएको हो । बिहान ८ः४० मा बुद्ध एयर बाट लामिछानेलाई काठमाडौँ ल्याउने तयारी छ । जिल्ला प्रहरी कास्कीका अनुसार स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा अनुसन्धानका लागि काठमाडौँ ल्याउन लागिएको हो । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गत २ कात्तिकमा लामिछानेलाई काठमाडौंबाट पक्राउ गरिएको थियो । उनीमाथि सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान भइरहेको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

The post स्वर्णलक्ष्मी सहकारी ठगीमा बयान लिन रविलाई काठमाडौं पुर्‍याइँदै appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/11/496914/