१७ दिनमा ‘छक्का पञ्जा ५’ ले कति कमायो?

काठमाडौं– ‘छक्कापञ्जा ५’ ले देशव्यापी प्रदर्शनको १७ दिनसम्म आक्रामक कमाइ गरेको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका अनुसार फिल्मले तेस्रो शनिबारसम्म १८ करोड ५० लाख ग्रस कमाएको छ ।

फिल्मको कलेक्सनमा तेस्रो सप्ताहन्तमा गिरावट देखिएको छ । पछिल्लो शुक्रबार र शनिबार मात्र कमाइ ९० लाख रुपैयाँ रहेको वितरक मनोज राठीले जानकारी दिएका छन् । तेस्रो हप्तामा फिल्मको कलेन्सनमा गिरावट आएपनि तिहारको बिदा सुरु भएसँगै शो र अकुपेन्सीमा पुनः वृद्धि हुने अपेक्षा गरिएको उनले बताएका छन् ।

 

Source : https://onlinetvnepal.com/2024/10/185358/